५० दिनमा हट्यो चालु पुँजी कर्जाले गरेको व्यवस्था, पुराना ऋणीले २ वर्षसम्म पाए छुटकारा

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्तिक महिनादेखि लागू गरेको चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थाबाट पछि हटेको छ । प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मलाई उद्योगी व्यवसायीले राष्ट्र बैंकले गरेको यो व्यवस्था लागू गर्न नसक्ने गुनासो गरेपछि राष्ट्र बैंक पुराना ऋणीका लागि ‘ब्याक’ भएको हो ।

मार्ग निर्देशन जारी हुन अघि तोकिएको सीमाभन्दा बढी कर्जा लिने ऋणीलाई राष्ट्र बैंकले २ वर्षको समय थप गरिदिएको छ । यसले ऋणीलाई सहज भएको छ । उद्योगी व्वयसायीहरूले पनि पुराना ऋणीलाई सो व्यवस्था लागू नगर्न अथौत २ वर्षपछिमात्रै लागू गर्न माग राखेका थिए । सीमाभन्दा बढी कर्जालाई आवधिक कर्जालाई आवधिक कर्जा मानेर ५ किस्तामा भुक्तानी गर्नुपर्ने नयाँ व्यवस्था राष्ट्र बैंकले गरेको हो । सीमाभन्दा बढी कर्जा लिने ऋणीलाई समायोजन गर्न साढे २ वर्षको समय सीमा राष्ट्र बैंकले दिएको हो ।

मार्ग दर्शन लागू हुनुभन्दा पहिले कर्जा लिएका पुनरतालिकीकरण र पुनसंरचना गरिएको मानिने छैन । सीमा भन्दा अधिक कर्जा लिने ऋणीले भुक्तानी २०८० असार मसान्तदेखि सुरु भएर २०८१ असार/ पुस र २०८२ असार/ पुस मसान्तमा भुक्तानी गर्नुपर्ने छ ।

राष्ट्र बैंकले २०८० असारमा १० प्रतिशत र पुसमा २० प्रतिशत, २०८१ असारमा २० प्रतिशत र पुसमा २० प्रतिशत तथा २०८२ असारमा ३० प्रतिशत भुक्तानी गर्ने गरी मार्गदर्शनमा संशोधन गरिएको हो ।

सीमा माथि रहेका चालु पुँजी कर्जामा थप प्रोभिजन गर्नु नपर्ने र तोकिएको समयभन्दा अगावै भुक्तान गर्नु चाहेमा ऋणीलाई पि–्रपेमेन्ट नलाग्ने राष्ट्र बैंकले संशोधित मार्गदर्शनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स