काठमाडौं । सेयरबजारमा उछाल आएको छ ।
बुधबार, नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ अंक विन्दुमा आइपुगेको छ ।
आज ८७ लाख ३३ हजारको कित्ता सेयर ३ अर्ब ५० करोड ११ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २०७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५ वटा कम्पनीको घटेको छ ।
त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड ५२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, सानिमा माई हाइड्रोपावरको १० करोड ८७ लाख, नेपाल टेलिकमको १० करोड ४ लाख, नेपाल रि इन्स्योरेन्सको ९ करोड ७३ लाख र हिमाल दोलखा हाइड्रोपावरको ८ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।