३ कम्पनीले पाए आईपीओ निष्कासनको लागि बोर्डको अनुमति

काठमाडौं । ३ कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको हो ।

बोर्डले सगरमाथा जलविघुत, सानिमा मिडल तमोर हाइड्रोपावर र मकर जितुमाया सुरी हाइड्रोपावरलाई आईपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको हो ।

जसअनुसार सगरमाथा जलविद्युतले चुक्तापुँजीको ४९ प्रतिशतले हुन आउनेबराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएको हो। कम्पनीले १०० अंकित दरका कुल ५४ लाख ८८ हजार कित्ता आईपीओ जारी गर्नेछ। कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

त्यसैगरि, बोर्डले सानिमा मिडल तमोर हाइड्रोपावरलाई ८३ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ । कम्पनीले पनि उक्त सेयर आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, बोर्डले मकर जितुमाया सुरी हाइड्रोपावरलाई २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो । कम्पनीले उक्त सेयर आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स