रिलायन्स लाइफले गर्यो बोनसदर घोषणा, बीमितले प्रतिहजार ७५ रुपैयाँसम्म पाउने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०७७।०७८ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले वित्तीय विवरणमा आधारित नयाँ बोनसदर आज सार्वजनिक गरेको हो । घोषित बोनसदर अनुसार बीमितहरूले अधिकतम् ७५ रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदरमा सातवटा बीमालेखअन्तर्गत बीमितहरूले न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् । कम्पनीको बोनसदर बीमा प्राधिकरणबाट यही पुस १७ गते स्वीकृत भएको हो ।

सो बीमालेखमध्ये सावधिक बीमा योजनामा सबैभन्दा बढि ७५ रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बोनस दर पाउने छन् । त्यस्तै, सावधिक तथा आजीवन बीमा योजनाअन्तर्गत कम्पनीले न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ बोनसदर निर्धारण भएको छ ।

साथै अग्रिम भुक्तानी सावधिक बीमा योजनाअन्तर्गत बीमितहरूले न्यूनतम ४१ रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँसम्म बोनसदर प्राप्त गर्नेछन् भने कम्पनीको वार्षिक अग्रिम भुक्तानी–मुद्दती नियमित शुल्क बीमा योजनाअन्तर्गत कम्पनीले सबै अवधिका लागि २४ रुपैंयाँ बोनसदर निर्धारण गरेको छ ।

वार्षिक अग्रिम भुक्तानी–मुुद्दती एकल बीमा शुल्क बीमा योजनाअन्तर्गत कम्पनीले सबै अवधिका लागि ५४ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

यसका अलावा सामुहिक सावधिक बीमा योजनाअन्तर्गत बीमितहरुले सबै अवधिका लागि १९ रुपैयाँ बोनसदर पाउनेछन भने सीमित भुक्तानी सावधिक बीमा योजना अन्तर्गत बीमितहरूले न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स