राष्ट्र बैंकद्वारा प्रभु र सेञ्चुरीको मर्जरलाई अन्तिम स्वीकृति प्रदान, एकीकृत कारोबार कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंक र सेञ्चुरी कमर्शियल बैंकको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। सोमबार बसेको राष्ट्र बैंकको संचालक समितिको बैठकले दुवै बै.कको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।

राष्ट्र बैंकको निर्णयसँगै दुई बैंकले आगामी पुस २७ गते एकीकृत कारोबार गर्ने भएका छन् । मर्जपछि बैंकको नाम प्रभु नै रहनेछ ।

मर्जरमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा मर्जर गर्ने पारम्भिक सम्झौता भईसकेको छ । प्रारम्भिक सम्झौता अनुसार सात सदस्यीय सञ्चालक समितिमा ४ जना प्रभु बैंकबाट हुने छन् भने तीन जना सेञ्चुरी बैंकबाट हुने छ । नयाँ बन्ने बैंकको प्रमुख कार्यकारीमा प्रभु बैंकबाट अशोक शेरचनले निरन्तरता पाउने छन् ।

हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड र सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ बढी छ । जसमा सेयर पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ । यस्तै, अवितरित नाफा (रिटेन्ड अर्निङ) करिब दुई अर्ब १० करोड र सञ्चित कोष (रिजर्भ) सात अर्ब ३५ करोड हाराहारी छ । मर्जरपछि एकीकृत कारोबार थाल्दा प्रभु बैंकको कुल पुँजी कोष झन्डै ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स