भोलिबाट मोलुङ हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री खुला

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले भोलि (पुस १९ गते)देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ओखलढुंगा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड २ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २ हजार ५०० कित्ता आईपीओ जारी गरिनेछ। यस निष्काशनमा मोलुङ गाउँपालिकाका स्थानीय, सुनकोशी गाउँपालिकाका स्थानीय र सिद्धिचरण नगरपालिकाका स्थानीयले आवेदन दिन सक्ने छन् ।

त्यस्तै २ लाख ७२ हजार ८ सय ५० कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन हुने छ । सामुहिक लगानी कोषलाई १ लाख ३६ हजार ४ सय ३५ कित्ता र कम्पनीका कर्मचारीलाई ५४ हजार ५ सय ७० कित्ता सेयर निष्काशन हुने छ ।

स्थानीयलाई निष्काशन गरिएको सेयरमा छिटोमा माघ ३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सकिने छ ।श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको सेयरमा माघ ३ गतेसम्म मात्र आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम८ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई जारी गरेको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ जारी गर्नेछ ।

कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स