२०३८ सालमा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर– ४ लक्ष्मी डाँडामा जन्मिएका शिवप्रसाद (एसपी) चौलागाई बाल्यकालमा सिर्जना र साहित्यतिर रुची राख्दथे । प्रगतिशील मावि बोहोरे टार रातमाटाबाट एसएलसी उत्र्तिण गरेका उनले सुनकोशी कलेजबाट ‘प्लास ट’ू पास गरी २०५८ सालमा उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आएका थिए । उनले माष्टर डीग्रीसम्मको अध्ययन गरेका छन् । काठमाडौं भित्र्दै गर्दा पत्रकारिता र सरकारी जागिरे जीवन बिताउछु भन्ने मनोभाव लिएका उनले २०५८ देखिनै व्यवसायिक दैनिकी बिताउन थाले ।

३ दिदी र एक दाजुको कान्छो भाइको रुपमा हुर्किएका उनी बिहान कलेज जाने र दिउँसो दाजुसँगै विशालबजारको २२० नम्बरको आर्शिवाद इन्टरप्राइजेज उनको शिक्षा लिने कर्मथालो बन्यो ।

२०६२ देखि काठमाडौं महलमा छुट्टै गेमजोन इन्टरप्राइजेज व्यवसाय सञ्चालन गरेका उनले २०६८ देखि महाबौद्धमा होलसेल व्यवसायमा सञ्चालन गरे । र २०७३ देखि १६ वर्षको व्यवसायिक यात्रालाई पूर्णविराम लागउँदै पूर्णकालीन रुपमा सेयर बजारमा लागनीकर्ताको आवद्ध भएका छन् उनले एनसीसी बैंकको आईपीओबाट सेयर बजारमा सुरुवात गरेका थिए ।

साहित्य सिर्जनमा गजल र कवितामा रम्न चाहने उनी सेयर बजारमा आवद्ध भएपछि त्यो क्षेत्रबाट आफू ओझेल परेको बताउँछन् भने करिब एक दशकको मिडियाअनुभव सम्हालेका उनै एसपी चौलागाईँसँग वर्तमान सेयर बजार र नीति नियमले पार्ने प्रभावका साथै यसको भविष्यको वारेमा हाम्रोअर्थले गरेको कुराकानीको सम्पादित अंशः

१६ वर्ष लामो व्यवसायिक अनुभवलाई थाति राखेर किन सेयर बजारमा होमिनु भयो ?
मलाई नयाँ नयाँ विषयहरूलार्य नियाल्न मन लागिरहन्छ । त्यहि अधैर्यताले नै हुन सक्छ मलाई सेयर बजारतिर समयले डोहोर्यो । अहिले सेयर बजारमा धैर्यता अध्ययनशीलता र आत्म सन्तुष्टी परिधि खिचेर डर र लोभलाई तराजुको दुई पल्लामा तौलिरहेको छु । किनभने सेयर बजार केहि जोखिम र धेरै सम्भावना भएको क्षेत्र हो । जसले मानिसलाई समयको मूल्य र वस्तुको भ्यालूको महत्वबोध गराइ दिन्छ ।

सेयर बजारमा लागेपछि उतार चढावको अनुभूति के कस्तो सम्हाल्नु भएको छ ?
सेयर बजार कहिल्यै पनि सरल रेखामा चल्दैन । मुटुको पल्सजस्तै सधै उतार चढाव छाइरहन्छ । जसले बेलाबखत मुटुलाई पनि जोडबलले धड्काइ रहन्छ । सेयरका वारेमा छोटो समयमा पढेरमात्रै सिक्न सकिदो रहेनछ । यो एउटा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान पनि हो । जसरी हामीले पौडिनको लागि सैद्धान्तिक ज्ञान लिन्छां , त्यसको रिजल्र्ट हेर्न त व्यवहारिक रुपमा नदीमा पौडनै पर्ने हुन्छ ।

ठ्याक्क यस्तै गरी सेयर बजारमा पनि सैद्धान्तिक र व्यवहारिक ज्ञानको समानजस्यतापूर्णबाट ठोस रिजल्टको अनभूति गर्न सकिन्छ । व्यवहारिक रुपमा एक दूईवटा बुल र बेयर नबिताइकन व्यवहारिक एवम् प्रयोगात्मक ज्ञानको कमी नै रहन्छ । यो भोगाइपछिमात्रै लागनीकर्तामा परिपक्कता आउँछ ।

केहि वर्ष अगाडी आफ्नै सक्रियातामा पुँजी बजार लगानीकर्ता संघ खोल्नु भयो अहिले किन गतिविधिदेखि अलग हुनुहुन्छ ?
यो संस्था एउटा अन्तर द्वन्द्वको आवेगमा जन्मिएको वैधानिक संस्था थियो । यसमा आवद्ध कार्यसमितिका सदस्यहरू एक आपसमा समानजस्य किसिमले सामुहिक रुपमा लगानीकर्ताहरूको हक हितमा लाग्नु पर्नेमा यसको उद्देश्य र चाहना विपरित प्राइभेट लिमिटेटजस्तो गरी सञ्चालन भयो ।

यस संस्थाका प्रमुखले कुनै पनि कार्यको उपलब्धी भन्दा पनि सामान्य प्रोसेसमा रमाउँदै रिजल्ट ओरिन्टेडभन्दा पनि चर्चामूखी भएर सेलिब्रेट्रीको भूमिका निर्वाह गरेकोले गर्दा संस्थामा कुनै पनि किसिमका गतिविधिहरूको छलफल, माइच्युट र वैधानिकता कायम नगरी आफू खुशी संस्थालाई आफ्नो चर्चाको स्टन देखाउने प्लेटफर्म बनाएकाले गर्दा यस संस्थाका उपाध्यक्ष राजु पौडेल, महासचिव म आफै र यस संंस्थाका सचिव एनबी थापालगायतका साथीहरू २०७५ सालको अन्त्यतिरबाटै क्रमिक रुपमा गतिविधिहरूमा सक्रिय छोड्दै गएका हौं ।

संस्था भित्र भएका कार्यसमितिका केहि संख्यात्मक र नीतिगत त्रुटी वा कमजोरीलाई सच्याउने प्रस्ताव गर्दा यस संस्थाका अध्यक्षले एकाधिकार रुपमा संस्थालाई प्रयोग गरेकाले सम्पूर्ण कार्यसमितिका साथीहरू गतिविधिबाट अलग रहनु भयो भने एक व्यक्तिमात्रै संस्थाको आधिकारिक व्यक्ति बनेर अगाडि बढेकोले गर्दा अन्य कार्यसमितिका साथीहरूले निष्कृय बनेर बस्नु भएको छ ।

पुँजी बजारबाट के के पाए र के के गुमाए जस्तो लाग्छ ?
पुँजी बजारमा जसरी उतार चढाव आउँछ, पुँजीबजारमा सम्लग्न लागनीकर्ताहरूको दैनिक जिन्दगीमा पनि उतार चढाव आइनै रहेको हुन्छ । जसरी बुलिस र बेयरिस ट्रेण्डमा मनोभावहरू छचल्किन्छ त्यसरी नै जिन्दगीका हरेक दैनिकीहरूमा पनि डर र लोभलाई नियन्त्रण गर्न नसक्दा मृत्युको मुखमा समेत पुर्याउँदो रहेछ ।

जसरी जेठ असारमा सेयर बजारमा सम्बध केहि लगानीकर्ता साथीहरूले आत्महत्यासम्म गर्न बाध्य भएका थिए । यदि लगानीलाई व्यवस्थित गर्न सकिएन र सयम चक्रको प्रभावलाई आकलन गर्न सकिएन भने सेयर बजारबाट कमाइएका धेरै उपलब्धीहरू गुम्न सक्छन् भने सरल र सहज जीवनयापन निरश र कष्टकर बन्न पुग्दछ ।

समस्त लगानीकर्तामा हुने यी मनोभाव र चक्रहरूले मेरो जिन्दगीमा पनि कहि कतै केहि प्रतिशत नछोइ अछुतोरहन सकेन । जसले छिनमै हसाउँने र छिनमै रुवाउने परिस्थितिको सिर्जन गर्न सक्दछ । यो सेयर बजारको चक्रलाई कोहि कसैलाई अछुतो राख्न पछि पर्दैन । मेरो जिन्दगीमा पनि यसले कहि कतै छोएकै छ । पुँजीबजारबाट केहि सहज दैनिकी र खुशीको जीवनयापनलाई गुमाएको छु भने त्योभन्दा केहि बढि भित्र्याउन पनि सफल भएको छु ।

पुँजी बजार सुधारको लागि आन्दोलको अग्र मोर्चामा रहेर काम गर्नु भयो, अहिले ती कार्ययोजनाहरू कहाँ पुगेका छन् त ?
पुँजी बजारको आन्दोलनको अभुवम मैले २०७५ सालतिरबाटै सम्हालेको हुँ । त्यति बेला नेपाल इन्भेष्टर्स फोरमका (एनआईएफ) का तत्कालीन अध्यक्ष अम्बिका प्रसाद पौडेलको नेतृत्वमा रहेको आन्दोलनमा सरिक भएर कारोबार ‘हल्ट’ गर्नदेखि नोक्सानीमा करको विरोधमा आन्दोलन गरेका थियौं ।

त्यतिबेलाको आन्दोलनले तिलक कोइराला र हरि ढकालको आमरण अनसनको उपलब्धीको रुपमा ५८ बुँदे कार्ययोजना पारित भएको थियो। त्यसको कार्यान्वयनको दवाव स्वरुप र नयाँ मागहरूको कार्यान्वयमा दवाव सिर्जना गर्न तिलक कोइरालालको १० दिने आमरण अनसन र आन्दोलनको प्रतिफलको रुपमा नेपाल धितोपत्र बोर्डसँग १९ बुँदै सम्झौता भएको थियो ।
जुन ढिलै भएपनि कार्यान्वयनको चरणमा छन् । धितोपत्र बोर्डले ढिला सुस्ती गरेपनि केहि कार्यहरू अगाडि बढाइरहेको छ ।

यति छोटो समयमा पुँजी बजार के के कारणले घट्यो जस्तो लाग्छ ?
पुँजी बजार छोटो समयमा जसरी बढेको थियो, नीतिगत रुपमा कडाइ गरिनाले त्यसै गरी घट्न पुग्यो । सर्वप्रथम त धेरै लगानीकर्ताहरू लकडाउनको कारणले गर्दा यसमा आवद्ध थिए । लकडाउन खुलेसँगै उनीहरूको बहिरगमन भयो ।

सेबोनको ५१ कम्पनीको लिष्टले पनि पुँजी बजारमा ठूलै भूकम्प गयो । राष्ट्र बैंकको ४/१२ को नीति र पटक पटकको नीतिगत प्रहारले सेयर बजारलाई थलानै बसाल्यो । सेयर बजार घट्दो क्रममा गएपछि सेयर बजारबाट पुँजी पलायन भएर अन्य मुलुकतिर हाइपर फण्ड, बिटक्वाइन र क्रिप्टोकरेन्सीतिर पुँजी पलाइन भयो । जसले गर्दा डलर सञ्चितिमा कमी आई राष्ट्र नै धरासायी अवस्थामा पुग्यो भने सेयर बजारमार्फत विदेशबाट भित्र्ने रेमिट्यानसमा कमी आई डलर सञ्चिति घट्न पुग्यो ।

अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीको टसलले पनि अर्थतन्त्रलाई ठूलै भूमरीमा फसायो । जसको फलस्वरुप पुँजीबजारमा छोटो समयमा ४४ प्रतिशतसम्मको गिरावट आयो ।

के के गर्यो भने नेपालको सेयर बजारमा स्थायित्व आउँछ जस्तो लाग्छ ?

नेपालको सेयर बजारमा स्थायित्व ल्याउनको लागि लगानीकर्ताको सहभागिता बढ्नु पर्छ । नयाँ ब्रोकर लाइसेन्स कार्यान्वयनमा आउनु पर्छ । जुन सर्वोच्च अदालतमा अझै अल्झिरहेको छ । नेपाल स्टक एक्सचेन्जलाई प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सचेन्ज खोलिनु पर्छ । ‘इन्ट्रा डे’ कारोबार र ‘सट सेल’, अक्सन र सीआईटीजस्ता मार्केट डिलरहरूको संख्या विस्तार गरिनुपर्छ ।

म्यचुअल फण्टहरू जुन उद्देश्यले खुलेका छन् तिनको उद्देश्य परिपूर्ति हुने गरी नीतिगत व्यवस्था गरी कार्यान्वयनमा ल्याइनु पर्छ । जसले गर्दा सेयर बजारमा स्थायित्व आई लगानीमैत्री वातारण सिर्जना हुन्छ र सुरक्षित लगानीको क्षेत्र बन्नेछ ।

अबको सेयर बजारको भविष्य के कस्तो देख्नु भएको छ ? किन केहि दिनदेखि बजार बढिरहेको छ ?
सेयर बजारमा १५ महिनाको वियरिस चक्र पुरा गरी बुलिस ट्रेण्डको सुरुवात भएको छ । यो समग्र सेयर बजारका लगानीकर्ताहरूको मनोविज्ञानको मापन पनि हो । सरकारले लिने नीतिहरू र अर्थमन्त्री तथा अर्थ मन्त्रालयले दिने सेयर बजार प्रतिको नीतिगत दृष्टिकोणहरूमा नेपाललको सेयर बजारको गति देखिन्छ । विगतका दुई बुल चरण अर्थमन्त्री विष्णु पौडेल भएर्कै बेलामा नेप्से परिसूचकले उच्च विन्दु छोएको थियो । र हाल पनि वियरिस ट्रेण्ड पुरा भएर बुलिस ट्रेण्ड सुरु हुनै लाग्दा उनै अर्थमन्त्री पौडेललको अगमन भएको छ । जसलाई पुँजी बजारका लगानीकर्ताहरूले औधी रुचाएका छन् ।

उनी विगतमा पनि पुँजीबजार मैत्री देखिएका थिए । त्यसकारणले पनि सेयर बजार केहि दिनदेखि निरन्तर बढिरहेको छ । अबको सेयर बजारको भविष्य सुनौलो देखिन्छ । नयाँ ब्रोकर लाइसेन्सको विस्तार, नयाँ स्टक एक्सचेन्जको आगमन प्रविधिमैत्री नीतिगत सुधार अन्य लागनीका क्षेत्रहरूको संकुचनले पनि पुँजी बजारको भविष्य सुन्दर देखिएको छ ।

सेयर बजारको विगतको इतिहासलाई नियाल्दा वियरिस ट्रेण्डको बटम लाइनको तीन गुणा र बुलिस चरणको माथिल्लो बिन्दुको दुई गुणा १८०६ बाट तीन गुणा अर्थात ५४१८ देखि ३२२७ को दुई गुणा अर्थात ६४ सय ५४ को आसपास यी दुई बिन्दुको कुनै पनि ठाउँमा बुलिसको चरणको उच्च बिन्दु हुन सक्दछ । त्यसलाई मध्येनजर गर्दै नीतिगत कडाइ र अन्य परिस्थिति सिर्जना नभएमा पुँजीबजार उच्चतम बिन्दु हुन पुग्नेछ । तर, माथिल्लो बिन्दुमा पुग्छ भन्दैमा जस्तो पायो त्यस्तो कमजोर कम्पनीहरू लामो समयका लागि लगानी गर्यौ भने त्यति कै जोखिम पनि हुन सक्दछ ।

त्यसैले कम्पनीको वित्तीय अवस्था र देशको अर्थतन्त्रको स्थितिलाई आकलन गरेर लगानीको उचित रणनीति बनाउनु आवश्यक छ । नत्र कमाउँदा पुँजी बजार जति सुन्दर छ, गुमाउँदा त्यतिनै क्रूर निर्मम पनि छ । जसले मानिसलाई मृत्युको मुखसम्म पुर्याएको छ ।

नव प्रवेशी लगानीकर्तालाई तपाईको के सुझाव छ ?
प्राय नवप्रवेशी लगानीकर्ताहरू वित्तीय साक्षरताको ज्ञान बिना नै बजारमा प्रवेश गरेको पाइन्छ । यहाँ सैद्धान्तिक ज्ञानका साथसाथै व्यवहारिक ज्ञानको पनि आवश्यकता पर्ने भएकोले गर्दा सैद्धान्तिक ज्ञान लिएर अनुभवीहरूसँग सिक्दै थोरै थोरै लगानी गरेर व्यवहारिक ज्ञान हासिल गर्नु पर्दछ । मार्केटको उचार चढाव, कम्पनी छनोटको सैद्धानिक ज्ञान र लगानीको समयावधिलाई मानसिक रुपमा तयारी भएर पुँजी बजारमा लगानी गर्नु पर्दछ । पुँजी बजारको वहावलाई मूल्यांकन गर्न सकिएन भने हामीले लगाएको पुँजी जोखिममा पनि पर्न सक्छ । त्यसैले थोरै थोरै पुँजीबाट अनुभव सम्हाल्दै पुँजी बजारमा लगानी गर्नु उपयुक्त हुन्छ ।

 

 

हेडलाइन्स