एशियन लाइफले ल्यायो गोल्डेन र डायमण्ड अप्सनसहितको नयाँ बीमा योजना

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ‘भविष्य निधी (सावधिक)’ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले सर्वसाधारणको आवश्यक्ता अनुसार नविनतम जीवन बीमा योजना ल्याउने क्रममा उक्त जीवन बीमा योजना ल्याएको हो ।

कम्पनीका संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक समिति सदस्यहरू सुरेन्द्र गोयल, निष्ठा प्रधानाङ, सजल मास्के, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईं, डेपुटी मार्केटिङ हेड विजय पराजुलीले आइतबार कम्पनीको प्रधान कार्यालयमा संयुक्त रुपमा नयाँ जीवन बीमा योजना सार्वजनिक गरेका हुन् ।

यस योजनामा बीमितले १ लाखदेखि आय स्रोतको आधारमा बीमांक रोज्न सक्ने सुविधा छ । पाँचदेखि ३० वर्षे अवधिको यो बीमा योजनामा बीमांक रकम र बोनश एकमुष्ठ भुक्तानी गरिनेछ ।

यो बीमा योजनामा जोखिम बहनको गोल्डेन अप्सन रोजेको अवस्थामा बीमा प्रारम्भ भएको मितिबाट ३ वर्षपछि बीमितको निधन भएमा बीमांकको डेढ गुणा रकम र नियमानुसारको बोनश भुक्तानी गरिनेछ ।

डायमण्ड अप्सन रोजेको अवस्थामा बीमा अवधि प्रारम्भ भएको मितिबाट ३ वर्षपछि बीमितको निधन भएमा बीमांकको डेढ गुणा रकम र पाँचं वर्षपछि निधन भएमा दुई गुणा रकम र नियमानुसारको बोनश रकम एकमुष्ठ भुक्तानी गरिनेछ ।

यसबाहेक अग्रिम जोखिम बहन सुविधा रोजेको अवस्थामा गोल्डेन र डायमण्ड अप्सन
दुबैमा बीमा प्रारम्भ मितिबाट नै जोखिम बहन शुरु हुनेछ ।

बीमितले गोल्डेन वा डायमण्ड अप्सनको साथै दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्गता सुविधा, बीमाशुल्क छुट सुविधाको साथै १८ प्रकारका घातक रोगविरुद्धको रक्षावरण(क्रिटिकल केयर) समेत समावेश गर्न सक्ने सुविधा छ ।

यसबाहेक तीन वर्षको बीमाशुल्क भुक्तानी गरी बीमा प्रारम्भ भएको मितिबाट ३ वर्ष पुरा भएपछि बीमालेखको धितोमा कर्जा सुविधा समेत लिन सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स