काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले पुस १३ गतेदेखि पुस १६ गतेसम्म साबिकको मेचि र कोशीको अन्चलका बिर्तामोड इलाम बिराटनगर इटहरी र धरान शाखा कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
जनमानसमा बिमाको महत्व, बिमा दाबि भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनिका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरीएको थियो साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।
देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन समेत गर्न गइरहेको छ ।