नेपाल राष्ट्र बैंकद्वारा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । पुस १५ गते बसेको नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठकले दुई बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो।

दुवै बैंक १:१ को अनुपातमा मर्ज हुन लागेका हुन् ।

मर्जरपछि नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओकेमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । साथै, दुवै बैंकले असोज मसान्तसम्म १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि बैंकलाई एकिकृत कारोबारको बाटो खुल्ने छ । दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स