महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा दाङको तुल्सीपुरमा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले दाङको तुल्सीपुरमा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । यही पौष १२ गते इन्दु आचार्यको अध्यक्षतामा संचालित कार्यक्रममा स्थानिय जनप्रतिनिधि, महिला तथा विभिन्न संघ संस्थामा आवद्ध ८० भन्दा बढी महिलाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. का प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले मुलुकको विकासको लागि महिलाहरुलाई रोजगारी र आय आर्जनको कार्यमा सक्रिय गराउनु आवश्यक रहेको बताए ।

समाजमा पिछडीएका र कमजोर अवस्थामा रहेका महिलाहरुलाई राज्यले पनि अगाडी बढाउने नीति लिएकोले नाफामूलक संघ संस्थाले त्यस्मा सहयोग र सहकार्य गर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।

तुल्सीपुर कार्यालय प्रमुख टेकम धितालले संचालन गरेको कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले महिला सशक्तिकरणमा महालक्ष्मी लाईफले गर्ने कार्यक्रमको विषयमा प्रकाश पारेका थिए । कम्पनीका बजार प्रबन्धक यम लाल न्यौपानेले स्वागत मन्तव्य दिदै उपस्थित महिलाहरुलाई मनोबल उच्च बनाउन पनि आय आर्जन कार्यमा अघि बढ्न आग्रह गरेका थिए ।

सभापतिको आसनबाट श्रीमती इन्दु आचार्यले बैंक बीमा कम्पनी मध्ये महालक्ष्मी लाईफले पहिलो पटक ल्याएको महिला सशक्तिकरण कार्यक्रमको प्रशंसा गर्दै यस क्षेत्रको महिलाहरुको कार्यक्रममा पूर्ण सहयोग, सहकार्य हुने विश्वास दिलाए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स