काठमाडौं । आम सेयरधनीलाई अघिल्लो आव र गत आवको समेत लाभांश दिन नसकेको एनआईसी एशिया बैंकले किन विभिन्न ३२ सथनमा रहेको जग्गा किन बिक्री गर्न लागेको होला, यो उत्सुकता थपिएको छ ।
एनआईसी एशिया बैंकले आज बिहीबार एक सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ सम्पति (घर/जग्गाहरू) बिक्री गर्न लागको हो ।
बैंकको सूचनामा भनिएको छ ‘गैर बैंकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिनेछ ।’ उक्त सम्पत्ति खरिद गर्न इच्छुक/फर्म/कम्पनी/संघ संस्थाहरूले यो सूचना प्रकाशित भएको १५ दिनभित्र (पुस २८ गतेसम्म) बोलपत्र पेस गर्न सक्ने बैंकले जारी गरेको सूचनमा उल्लेख गरिएको छ ।
बैंकले बैंकको नाममा रहेको मालपोत कार्यालय लगनखेल, ललितपुरमा रहेको २ ठाउँमा जग्गा विक्री गर्ने भएको छ ।
बैंकले बैंकको नाममा रहेको मालपोत कार्यालय विराटनगर, मोरङको लगतमा दर्ता कायम भएको विभिन्न ५ ठाउँका जग्गा विक्री गर्नेछ ।
बैंकले बैंकको नाममा रहेको सोही जिल्लाको मालपोत कार्यालय चन्द्रनिगापुर, रौतहटको लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय मौलापुर र रौतहटको लगतमा दर्ता कायम भएको जग्गासमेत बिक्री गर्ने बैंकले जनाएको छ । मालपोत कार्यालय गौरमा दर्ता भएका रौतहटको लगत रहेको, गरुडा, रौतहटको लगतमा रहेको विभिन्न ३ स्थानमा रहेको जग्गा बिक्री गर्ने भएको हो ।
मालपोत कार्यालय गमगढी मौलापुर, मालपोत कार्यालय पर्साको लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय नेपालगञ्ज, बाँकेको लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय धनगढी, कैलालीको लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय कलैया, बाराको लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय कलैया भएको जग्गा बिक्रीका लागि सूचना जारी गरेको हो ।
बाराको लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय कलैया र बाराको लगतमा दर्ता कायम भएको जग्गा विक्रीमा ल्याएको बैंकले जनाएको छ । मालपोत कार्यालय इनरुवा, सुनसरीको लगतमा कायम भएको, दर्ता कायम भएको घरजग्गा बिक्री हुनेछन् ।
बैंकको नाममा रहेको मालपोत कार्यालय, पर्साको लगतमा दर्ता भएको, मालपोत कार्यालय परासी, नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) को लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय नेपागञ्ज, बाँकेको लगतमा दर्ता कायम भएको जग्गा बिक्री गर्न सूचना जारी गरेको हो । मालपोत कार्यालय बर्दियामा रहेको विभिन्न दुई ठाउँको जग्गा बिक्री गर्ने बैंकले जनाएको छ ।
बैंकको नाममा रहेको मालपोत कार्यालय जाजरकोटको लगतमा दर्ता भएको, मालपोत कार्यालय पर्साको लगतमा दर्ता भएको, मालपोत कार्यालय, दोलखामा दर्ता कायम भएको जग्गा बिक्रीमा ल्याएको हो ।
बोलपत्र सम्बन्धी शर्त बन्देजसहितको बोलपत्र फाराम बैंकको केन्द्रिय कार्यालय कर्जा असुली विभाग, साधनाभवन, त्रिपुरेश्वर, काठमाडौंमा बुझाउनुपर्ने छ । उक्त फारमा एक हजार रुपैयाँ शुल्क तिरेर प्राप्त गर्न सकिने बैंकले सूचनामा उल्लेख गरेको छ ।
बैंकले देशको विभिन्न स्थानमा रहेको जग्गाहरू त्यतिकै रहेकोले सो जग्गालाई नगदमा परिणत गरी त्यो पुँजीको सदुपयोग गर्न जग्गा बिक्री गर्न लागेको हो ।