काठमाडौं । २० प्रतिशत लाभांश पारित गर्न माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारणसभा डोकेको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ ६ गते सभा आह्वान गरेको हो ।
क्राउन होटल हारती गंगटे, नुवाकोटमा आयोजना गरिएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव पेस गर्दै छ । साधारणसभाले उक्त प्रस्ताव पेस गरेपछि वितरण हुने छ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यस्ता छन् सभामा पेश हुने प्रस्ताव
सामान्य प्रस्ताव
आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।
लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवम् आव २०७८÷०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने ।
आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
विशेष प्रस्तावहरू
संस्थाको अधिकृत पुँजी २० करोड पुर्याउने प्रस्ताव पेस गर्ने
वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (ख) र (ग) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जनका लागि निर्देशन वा सुझाव आएमा सोही बमोजिम गर्न तथा गराउन सञ्चालक समितिलाई अख्तियारी दिने ।
यस वित्तिय संस्था र अन्य कुनै पनि उपयूक्त बैंक वा वित्तिय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धि सम्पुर्ण आवश्यक कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने ।