विद्युत प्राधिकरणका २ सय ६७ ग्राहक कालोसूचीमा, साढे ७६ लाखबढी रकम उठाउन बाँकी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । प्राधिकरणले लाइन काटेको छ महिनासम्म पनि सम्पर्कमा नआएका उनीहरूको कालोसूचीमा राखेको हो ।

कार्यालयका अनुसार उनीहरूबाट ७६ लाख ७५ हजार दुुई सय ८१ उठाउन बाँकी रहेको छ । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार आर्थिक वर्ष २०६४/०६५ सालदेखि कालोसूचीमा रहेका ग्राहकसमेत रहेका छन् । कालोसूचीमा पर्नेमा दुई सय १५ गार्हस्थ्य ग्राहक रहेका छन् । औद्योगिक क्षेत्रका ४० ग्राहक, गैरव्यावसायिक छ वटा, व्यावसायिक दुई वटा, मन्दिर, पानी आपूर्र्तित, यातायात, सिँचाइ एक/एक वटा ग्राहक कालोसूचीमा रहेका छन् ।

कालोसूचीमा रहेका ग्राहकको तीनपुस्तेसहित सार्वजनिक सूचना निकालेर राखिएको उनले बताए । यस केन्द्रअन्तर्गत ६३ हजार नौ सय ४९ ग्राहक रहेका छन् । उनीहरूबाट ३७ करोड ६४ लाख ४४ हजार एक सय ३३ बक्यौता उठ्न बाँकी रहेको छ । बक्यौता सबैभन्दा धेरै सरकारी कार्यालयको रहेको छ । कार्यालयको १३ करोड ७७ लाख ८२ हजार एक सय ५४ रहेको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार सडक बत्तीको ९ करोड ५८ लाख ८९ हजार पाँच सय ३५ बक्यौता रहेको छ । व्यावसायिक भवनको १ एक करोड ५३ लाख ६२ हजार तीन सय ७८, गैरव्यावसायिक १ एक करोड २७ लाख छ हजार चार सय १९, औद्योगिक क्षेत्रको रु दुई करोड ९९ लाख ४३ हजार छ सय ५६ बक्यौता रहेको छ ।

चालु आर्थिक वर्षमा वितरण केन्द्र भरतपुरले नौ सय तीन ग्राहकको लाइन काटिदिएको छ । उनीहरूबाट ३ करोड १२ लाख ९१ हजार चार सय १६ असुली गर्नुपर्ने रहेको छ । तीमध्ये आठ सय ५२ जनाले पुनः जडान गरेका छन् । उनीहरूबाट २ करोड ७७ लाख ८३ हजार दुई सय ३७ असुली गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स