एनसीसी बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने

काठमाडौं । एनसीसी बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । कुमारी बैंकसँग एकीकृत कारोबार सुरु भएसँगै पुस १७ गतेदेखि १५ दिनसम्म बैंकको कारोबार बन्द हुन लागेको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ मा भएको ब्यबस्था बमोजिम बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको हो ।

बैंकले पुस १७ गतेबाट सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आग्रह गरेको छ।

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर प्रक्रिया टुंगिएर पुस १७ बाट एकीकृत कारोबार सुरु हुनेछ।

यो अवधिमा कुमारी बैंकको भने सेयर कारोबार भने खुला नै रहनेछ।

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक ९एनसीसी० को एकिकृत कारोबार पुस १७ गतेबाट सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले यी दुवै बैंकलाई गाभ्नको लागि पुस ६ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो।

मर्जर प्रयोजनका लागि यी दुई बैंकको १ः१ सेयर स्वाप रेसियो निर्धारण भइसकेको छ ।

मर्जरपछि बन्ने बैंकको नाम कुमारी बैंक रहने छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने छन्। अर्याल हाल एनसीसीका सीइओ छन् । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

दुवै बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स