विहीबार अधिकतम सेयर मूल्य घटेका पाँच कम्पनी

काठमाडौं । आज भाद्र महिनाको अन्तिम विहीबार पनि सेयर बजारमा लगातारको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३९ अंक विन्दुमा आइपुगेको छ । कुल २२९ वटा कम्पनीको सेयर कारोवार हुदाँ ७ कम्पनीको सेयर मूल्य बढ्यो भने २१५ कम्पनीको सेयर मूल्य घटेको छ । कुल जम्मा १ लाख १३ हजार ८०७ पटक खरिद बिक्री हुदाँ १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर कारोवार भई ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाको कारोबार भएको छ ।

कर्पोरेट डेभलपमेण्ट बैंकको सेयर मूल्य ८.१७ प्रतिशतले घटेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता १०४० रुपैयाँमा कारोवार भएकोमा आज ९५५ रुपैयाँमा भएको छ । कम्पनीको सेयर मूल्य ८५ रुपैयाँले घटेको छ ।

श्री ईन्भष्टमेण्ट फाईनान्सको सेयर मूल्य ७.१८ प्रतिशतले घटेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ६१३ रुपैयाँमा कारोवार भएको थियो भने आज ५६९ रुपैयाँमा भएको छ । कम्पनीको सेयर मूल्य ४४ रुपैयाँले घटेको छ ।

आईसीएफसी फाईनान्सको सेयर मूल्य ७.०३ प्रतिशतले घटेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ९०८.९० रुपैयाँमा कारोवार भएको थियो भने आज ८४५ मा पुगेको छ । कम्पनीको सेयर मूल्य ६३.९० रुपैयाँले घटेको छ ।

लीवर्टी ईनर्जी कम्पनीको सेयर मूल्य ६.७४ प्रतिशतले घटेकोे छ । हिजो कम्पनीको सेयर प्रति कित्ता ४४५ रुपैयाँमा कारोवार भएको थियो भने आज विहिबार ४१५ पुगेको छ । कम्पनीको सेयर मूल्य ३० रुपैयाँले घटेको छ ।

चन्द्रागिरी हिल्सको सेयर मूल्य ६.५६ प्रतिशतले घटेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता १५१० रुपैयाँमा कारोवार भएको थियो भने आज १४११ पुगेको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता ९९ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स