तीन बैंकसहित पाँच कम्पनीको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन बैंकसहित पाँच कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले आर्थिक वर्ष २०७८/७९ को बोनस सेयरका लागि ५ कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३०१.३३ रुपैयाँ कायम गरेको हो। आज सेयरबजार बन्द हुनुभन्दा अघि बैंकको सेयरमूल्य ३३९ रुपैयाँ कायम थियो।

नेपाल एसबीआई बैंकको प्रतिकित्ता २८७।७७ रुपैयाँमा सेयरमूल्य समायोजन भएको छ । सेयरबजार बन्द हुनुभन्दा अघि बैंकको सेयरमूल्य २९६.४ रुपैयाँ कायम थियो ।

लुम्बिनी विकास बैंकको प्रतिकित्ता ३३६.८९ रुपैयाँमा सेयरमूल्य समायोजन भएको छ । सेयरबजार बन्द हुनुभन्दा अघि बैंकको सेयरमूल्य ३४७ रुपैयाँ कायम थियो ।

राधी विद्युतको २११.९३ रुपैयाँमा सेयरमूल्य समायोजन भएको छ ।
सेयरबजार बन्द हुनुभन्दा अघि कम्पनीको सेयरमूल्य २२२ रुपैयाँ कायम थियो ।

त्यस्तै, विन्ध्यवासिनी हाइड्रोपावरको प्रतिकित्ता ३६५.७१ रुपैयाँमा सेयरमूल्य समायोजन भएको छ। सेयरबजार बन्द हुनुभन्दा अघि कम्पनीको सेयरमूल्य ३८४ रुपैयाँ थियो।

अब भोलि समायोजित मूल्यअनुसार नै यी कम्पनीहरुको सेयर कारोबारमा आउने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स