विशिष्ट व्यक्तिहरूले राखेको सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नियम विपरित राखिएका निजी सुरक्षाकर्मीलाई फर्काउन निर्देशन दिएका छन् । विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका मापदण्ड विपरीतका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न उनले निर्देशन दिएका हुन् ।

उपप्रधान मन्त्री छामिछानेको निर्देशनअनुसार मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्ति जारी गरी कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन दिइएको उल्लेख छ ।

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममूखी बनाउनको लागि मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ जारी गरेर कार्यान्वयनमा ल्याएको छ ।

उक्त कार्यविधिमा तोकिए अनुसारका बहालवाला तथा पूर्व कर्मचारी तथा सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ ।’ सोमबार मात्रै लामिछाने गृहमन्त्रीमा नियुक्त भएकामा कार्यभार सम्हालेलगत्तै उनले यस्तो निर्णय गराएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स