५९ अंकले बढ्यो नेप्से, साढे ३ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २० लाख २९ हजारको कित्ता सेयर ३ अर्ब ८८ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

२०२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, लक्ष्मी बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ९४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको १४ करोड २ लाख, हिमालयन डेष्टिलरीको १२ करोड १४ लाख, नबिल बैंकको ११ करोड ३२ लाख र एनआइसी एसियाको १० करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स