नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जरमा जाने सम्झौता, सेयर कारोबार रोक्का

काठमाडौं । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। पुस ११ गते दुवै लघुवित्तबीच एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो ।

मर्जर सम्झौतामा नेरुडे लघुवित्तका अध्यक्ष डा.भेष प्रसाद धमला र मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहराले हस्ताक्षर गरेका हुन् ।

नेरुडे मोरङ जिल्लाको विराटनगरमा केन्द्रीय कार्यालय रहेको लघुवित्त संस्था हो भने मिर्मिरेको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ।

दुवै लघुवित्तले मर्जर सम्झौता गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबार रोक्का गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स