आज हिमपातको सम्भावना

काठमाडौं । आज पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही पहाडी भू–भागमा हल्का हिमपात हुने सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आगामी २४ घण्टा प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको अनुमान गरेको छ । साथै देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने जनाएको छ । तराईका केही भू–भागमा बिहानीपख हुस्सु, कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

हाल लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहने छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स