अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेसँगै लिए यस्तो निर्णय

काठमाडौं । नव नियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले शपथपछि पदभार ग्रहण गरेका छन् ।

अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले संकटको डिलमा रहेको अर्थतन्त्रलाई बचाउन हरदम प्रयास गर्ने बताएका छन् ।

उनले अर्थतन्त्रमा देखिएको समस्यालाई सामूहिक प्रयासबाट समाधान गर्ने बताए । उनले चालु खर्च घटाउने, स्रोत व्यवस्थापन गर्दै वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने बताए ।

साथै उनले मन्त्रालयको कार्य संचालन र व्यवस्थापन प्रणालीलाई डिजिटलाईज गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

उनले मन्त्रालय मातहतका निकायमा हाल रहेको परम्परागत कार्यसंचालन र व्यवस्थापन प्रणालीलाई अनलाइन प्राणालीमा लैजाने बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स