प्रचण्ड प्रधानमन्त्री बनेसँगै सेयरबजारमा उछाल, यस्ता छन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै सेयरबजारमा उछाल आएको छ। आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । प्रचण्डले १७० सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरेका हुन् ।

उनले प्रधानमन्त्रीका रुपमा आज दिउँसो ४ बजे शपथ ग्रहण गर्ने भएका छन् ।

साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ अंक विन्दुमा आइपुगेको छ ।

आज ५६ लाख ५३ हजारको कित्ता सेयर २ अर्ब ९ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।

२०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, नेपाल टेलिकमको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ८८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डेष्टिलरीको ११ करोड ११ लाख, नबिल बैंकको ९ करोड ११ लाख, रिडी पावरको ७ करोड २६ लाख र एनआइसी एसियाको ६ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स