मेगा बैंकको कामु सीईओमा तुल्सीराम पोखरेल नियुक्त

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त भएका छन् ।

पुस ७ गते बसेको बैंक संचालक समितिको बैठकले पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि कामु सीईओबाट रविना देशराज श्रेष्ठले राजीनामा दिएकी थिइन्। उनको राजीनामा पुस ८ गते अन्तिम कार्यदिन हुने गरी बैंक सञ्चालक समितिले स्वीकृत गरिसकेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स