सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाउने छ।

बीमा प्राधिकरणबाट स्वीकृत भएर आएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले वित्तीय विवरण पारित गर्नेछ।

कम्पनीले २०७६/७७ मा सेयरधनीलाई ४.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स