प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, बढेर आयो बोनस सेयर, साधारणसभा पनि आह्वान

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको लाभांश संशोधन भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको हो।

जसअनुसार कम्पनीको पुस ७ गते बसेको सञ्चाक समितिले चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

यसअघि कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीले पुस २९ गते आफ्नो २९ औं वार्षिक साधारणसभाबाट डाकेको छ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गतेदेखि साधारणसभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

तसअर्थ पुस २१ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स