पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन शीतल निवास पुगे ओली र प्रचण्ड

काठमाडौं । ३२ सिट भएको माओवादीको नेतृत्वमा सरकार गठन हुने भएको छ । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपतिको कार्यालय शीतलनिवास गएका हुन् ।

नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू शीतलनिवास जान लागेका हुन् । प्रचण्डले ती दलका सांसदको समर्थन जुटाएको बताइएको छ ।

एमालेको ७८ सिट, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको चार सिट गरी १६६ सांसदको समर्थन लिएर प्रचण्ड शीतलनिवास पुगेका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स