ओली, प्रचण्ड र लामिछानेबीच बालकोटमा छलफल सुरु

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेबीच ओली निवास बालकोटमा छलफल सुरु भएको छ । सो छलफलमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेता अशोक राई पनि सहभागी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आव्हान गरेको एक हप्ताको समय आज पाँच बजे सकिनु अघि सो भेटवार्ता भएको हो ।

भेटवार्तामा एमाले, माओेवादी, रास्वपा र राजपाका शीर्ष नेता पनि सहभागी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । सो भेटवार्ताअघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि भेट भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स