नेपाल बैंकर्स संघको ३६ औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ ३ सदस्य निर्वाचित

काठमाडौं । नेपाल बैंकर्स संघले आइतबार आफ्नो ३६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो साधारणसभामा संघको कार्यकारिणी समितिका तीन जना सदस्यहरूको निर्वाचनको कार्यक्रम समेत रहेकोमा सभाले कार्यकारिणी समितिका तीन जना सदस्यहरुलाई निर्विरोध निर्वाचित गरेको छ ।

३ जना निर्वाचित सदस्यहरूमा नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपक कुमार दे, माछापुच्छ«े बैंकका सीईओ सन्तोष कोइराला र एभरेष्ट बैंकसका सीईओ सुदेश खालिङ निर्वाचित हुनु भएको छ । सीईओ कोइरालाको भने यो दोस्रो कार्यकाल हो ।

संघको वार्षिक साधारणसभाको अवसरमा प्रत्येक वर्ष बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान दिनुहुने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावललाई सम्मान–पत्र प्रदान गरिएको छ ।

डा. रावलले संविधान सभाको सदस्य, नेपाल बैंकर्स संघको अध्यक्ष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कार्यकारी अध्यक्ष, कृषि विकास बैंक लिमिटेडको महाप्रबन्धक लगायत राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा रही समस्त अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको विकासका लागि विगत ४ दशक भन्दा अधिक समय देखि अनवरत रुपमा योगदान गर्दै आएका छन् ।

संघका अध्यक्ष अनिल कुमार उपाध्यायबहाल सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रको मिलन बिन्दु नै मुख्य चुतौती रहेको बताए । उनले विद्यमान बैंकिङ प्रणालीमा चुनौतीको रुपमा रहेको उच्च व्याजदर, स्रोत संकलन, अर्थतन्त्रमा आएको मन्दी, बढ्दो व्यापार घाटाका कारण तरलतामा परेको चापको कारण बैंकहरुको कर्जा गुणस्तरमा आएको प्रभाव परेको समेत बताए े । यसै गरी घट्दै गएको स्प्रेड दर र आरओईले बैंकहरूमा थप चुनौती थपेको पनि उनले गुनासो गरे ।

सम्मान–पत्र ग्रहण पश्चात् डा. रावलज्यूले कार्यक्रममा आफ्नो मन्तब्य राख्दै हालका दिनमा विश्व अर्थतन्त्रमा नै समस्या देखिएको र नेपालको अर्थतन्त्र दक्षिण एसियाली मुलुकहरुको तुलनामा बलियो देखिएको बताए । हाल देखिएको समस्या निरुपण गर्न र अर्थतन्त्रलार्ई बलियो बनाउन सबै मिलेर जानुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स