पुस १५ देखि एमडीएमएसमा दर्ता नभएका मोबाइल नचल्नुका साथै प्राधिकरणले दर्ता पनि नगर्ने

काठमाडौं । यहि पुस १५ देखि एमडीएमएसमा दर्ता नभएका मोबाइल नचल्ने
भएको छ । प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी यही पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएकोले यो सिष्टममा दर्ता नभएका मोबाइल नचल्ने भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र दर्ता नभएका मोबाइल दर्ता गर्न आह्वान गरेको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणका रुपमा एमडीएमएस लागू गरेको थियो ।

विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरुको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले आग्रह गरेको छ ।

नियमानुसार भन्सारमा घोषणा नभएका मोबाइल फोन सेट यही पुस १५ गतेदेखि दर्ता नगरिने स्पष्ट पारिएको छ । त्यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट प्रज्ञापनपत्रसहित राहदानी, नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा मात्र एमडीएमएसमा गई दर्ता गर्न प्राधिकरणले सूचित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स