नयाँ प्रधानमन्त्री बनाउने सम्बन्धमा टुंगो लगाउन शीर्ष नेताहरू पुगे बालुवाटार

काठमाडौं । नयाँ प्रधानमन्त्री बनाउने सम्बन्धमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बस्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरूलाई छलफलका लागि शनिबार ४ बजे बालुवाटारमा बोलाइएको जानकारी दिए । बैठकमा गठबन्धनमा रहेका सबै दलका शीर्ष नेताहरूलाई डाकिएको छ ।

सरकार गठनका लागि राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकारको प्रधानमन्त्रीमा दाबी गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गरेकी छन् ।

प्रधानमन्त्रीमा गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरिरहेका छन् । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स