टाटाको मेगा सर्भिस क्याम्प पौष १० देखि १२ सम्म

काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले यही पौष १० देखि १२ सम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्दैछ। यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौ उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्।

त्यसैगरी , बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी , मेची, बिरगंज , ढल्केबार , हेटौडा , धनगढी , नेपालगंजमा रहेका छन् ।

यस क्याम्पमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिने छ। यस्तो जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्नेछन।

म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश : १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिंग , कम्प्युटर डायग्नोसिस , सस्पेन्सन चेक(अप , ब्याट्री र इलेक्ट्रिकल चेक(अपको सुविधा पनि नि:शुल्क प्रदान गरिनेछ।

यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार नगद फिर्ताको पनि व्यवस्था छ। हाल नेपालमा टाटाका पेसेन्जरू श्रेणीका गाडीहरु बजार द्रुत गतिमा विस्तार भइरहेको छ ।

यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गर्न लागिएको हो, कम्पनीले बताएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स