कम्मरमा बेल्ट जस्तो बनाएर १९ किलो अवैध सुन भित्र्याउने सुडानी नागरिक पक्राउ

काठमाडौं। १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट उनलाई पक्राउ गरिएको हो ।

त्रिभुवन भन्सार कार्यालयले सेतो लिक्विड बनाएर बेल्ट जसरी कम्मरमा बाधेर ल्याएका सुन ल्याएका उनलाई भन्सार चेकजाँच गर्दा सुन भेटेपछि पक्राउ गरिएको हो । भन्सार विभागका अनुसार सुडान राहदानीबाहक मोहम्मद अहमद डाफल्ला सराफलदिनले लिक्विड अवस्थामा ल्याएको सुन हो कि या अन्य वस्तु हो भनि अनुसन्धान भइरहेको छ । भन्सार कार्यालय नियन्त्रण लिएपछि प्रक्रिया पूरा गरी आजै थुनाको लागि गौशाला प्रहरी वृत्त पठाएको छ ।

उनी १५ दिनको टुरिष्ट भिसामार्फत लाइ दुबइ (फ्लाइट नम्बर एफ जेड ५३५) हुँदै त्रिभुवन विमानस्थल आएका थिए । उक्त फ्लाइट करिब २ः१५ मा ल्याण्ड भएको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स