काठमाडौं जिल्ला अदालत बार एशोसिएसनले जित्यो अन्तर बार फुटसल उपाधि

काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एशोसिएसनले फिटनेश फर लयर्स अन्तरगत आयोजित फुटसल प्रतियोगिताको उपाधि जितेको छ । ६७ औं बार दिवसको उपलक्ष्यमा आयोजित इन्टर भ्याल्ली बार फुटसल टूर्नामेण्ट २०७९ मा आयोजक काठमाडौं जिल्ला अदालत बार एशोसिएसनले जित हासिल गरेको हो ।

हेल्लो युवा लयर्स प्रोग्राम कमिटीका संयोजक संकल्प क्षेत्रीको संयोजनमा आयोजना भएको प्रतियोगितामा उच्च अदालत बार एसोसिएसनले दास्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा उल्लेखित २ सँगै भक्तपुर जिल्ला अदालत बार एशोसिएसन र ललितपुर जिल्ला अदालत बार एशोसिएसन गरी ४ टिम सहभागी थिए ।

लिग चरणमा आधारित खेलमा अंकका आधारमा आयोजक काठमाडौं जिल्ला अदालत बार एशोसिएसन र उच्च अदालत बार एसोसिएसन फाइनलमा पुगेका थिए । पुस ७ गते भएको फाइनल खेलमा काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले उच्च अदालत बार एसोसिएसनमाथि ५-० गोलअन्तरको जित हासिल गरेको हो ।

कायममुकायम प्रधान न्यायधिस हरिकृष्ण कार्की र नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले काठमाडौं जिल्ला अदालत बार एसोसिएसनलाई प्रथम पुरस्कार स्वरुप कप, प्रमाणपत्र, मेडल हस्तान्तरण गरेका थिए । उपविजेता उच्च अदालत बार एसोसिएसनलाई प्रमाणपत्र तथा मेडल र सहभागि भक्तपुर जिल्ला अदालत बार एसोसिएसन तथा ललितपुर जिल्ला अदालत बार एसोसिएसनलाई सहभागिताको प्रमाण पत्र दिइएको थियो ।

प्रतियोगितामा ९ गोल सहित सर्वाधिक गोलकर्ता काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका खेलाडी एवं हेल्लो युवा लयर्स प्रोग्राम कमिटीका संयोजक संकल्प क्षेत्रीलाई प्रमाणपत्र तथा गोल्डेन बुट समेत हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स