कृषि विकास बैंकका सीईओ उपाध्यायको कार्यकाल समाप्त, आजै बिदाइ गरिदै

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्यायको कार्यकाल समाप्त भएको छ । उनलाई आजै बिदाइ गर्ने कार्यक्रम राखेको छ ।

उनी २०७५ साल पुस १० गते सीईओको रुपमा नियुक्त भएका थिए । उपाध्यायको चार वर्षे कार्यकाल आज २०७९ पुस ८ गते समाप्त भएसँगै बैंकले उनलाई स-सम्मान बिदाई गर्न लागेको हो ।

यस अघिका सीईओ लीलाप्रकाश सिटौलाको कार्यकाल २०७५ मंसिर २७ मा सकिएपछि उपाध्यायलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएको थियो । उपाध्यायले चार जना प्रतिस्पर्धिलाई पछाडि पार्दै सिइओमा बाजी मारेका थिए ।

बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि पहिलो चरणमा छनौट भएका अनिल उपाध्याय, पूर्णप्रसाद आचार्य, नरेशकुमार रोक्का, कपीलमणि ज्ञवाली र शंकर रायमाझीमध्ये प्रमुख कार्यकारी अधिकृत छनौट समितिले बुझाएको पाँच प्रतिस्पर्धीमध्ये बैंक सञ्चालक समितिले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय लामो समयदेखि बैंकको उच्च व्यवस्थापनमा काम गरेर खारिएका व्यक्ति हुन् ।

कृषि विकास बैंकको ३० वर्षे जागिर अवधिमा देशका विभिन्न भागमा रहेका कार्यालयहरूमा कार्यरत रहि फिल्डका समस्याहरूको बारेमा चिरपरिचित हुन् भने मुख्य कार्यालयमा उच्च व्यवस्थापनमा पनि लामो समयको अनुभव छ । उनको कार्यकालमा कृषि विकास बैंकले राम्रो प्रगति गरेको बैंंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स