काठमाडौं । सरकारले आइतबार (पुस १० गते) सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले आइतबार क्रिस्चीयन धर्मावलम्बीहरुको विशेष चाड क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक बिदा दिइन्छ।