काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ सय रुपैयाँ कायम भएकोमा आज १२ सय रूपैयाँले घटेर १ लाख ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १३ सय ९० रूपैयाँ कायम भएको छ ।