नेप्सेको लाभांश घोषणा, साभारणसभा पनि आह्वान

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाभांश घोषणा गरेको छ । बुधबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको होृ।

कम्पनीले चुक्तापुँजी १ अर्ब रुपैयाँको १०० प्रतिशतका दरले हुन आउने १ अर्ब रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त लाभांश अनुमोदन गर्न नेप्सेले आफ्नो ४१ औं वार्षिक साधारणसभा यही पुस २९ गते डाकेको छ । सभा काठमाडौंको यूएनआई शान्तिमार्गस्थित नेप्से कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण, नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ्गको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स