नेप्से १४ अंकले बढ्दा नेपाल टेलिकमसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३.११ अंक विन्दुमा आइपुगेको छ ।

आज ३० लाख २२ हजारको कित्ता सेयर ९३ करोड ८ लाख ३९ हजारमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४६ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, नेपाल टेलिकमकोको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ३८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सिभिल बैंकको ४ करोड ३ लाख, हिमालयन डेष्टिलरीको ३ करोड ४२ लाख, नबिल बैंकको ३ करोड ३६ लाख र फवार्ड माइक्रोफाइनान्सको २ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स