काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।