नेप्सेमा ९१ हजार २०० कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको थप सेयर सूचीकृत भएको छ ।

मिर्मिरे लघुवित्तले साविक बुद्धज्योती लघुवित्तको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ९१ हजार २०० कित्ता सेयर सूचीकृत गराएको हो ।

बुद्धज्योति लघुवित्त मिर्मिरे लघुवित्तमा गाभिएसँगै बुद्धज्योति लघुवित्तको सेयर मिर्मिरे लघुवित्तको नाममा नेप्सेमा सूचीकृत भएको हो।

साविकको बुद्धज्योति लघुवित्तलाई मिर्मिरेले १ः०.७६ को अनुपातमा प्राप्ति गरेको थियो । प्राप्ति गर्न कायम हुने आएको सेयर दोस्रो बजारमा किनबेच गर्न सकिने गरी नेप्सेमा सूचीकृत भएको हो ।

उक्त सेयर सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स