नेप्से सामान्य अंकले बढ्दा धौलागिरी लघुवित्तमा लाग्यो सर्किट, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । लगातार ओराले लागेको सेयरबजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ अंक विन्दुमा आइपुगेको छ ।

आज २६ लाख ९९ हजारको कित्ता सेयर ८८ करोड ६० लाख ९८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७२ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

आज धौलागिरी लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

त्यसैगरि, प्राइम कमर्सियल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ९३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, फवार्ड माइक्रो फाइनान्सको ५ करोड ४९ लाख, हिमालयन डेष्टिलरीको ४ करोड २७ लाख, नेपाल टेलिकमको ३ करोड ७६ लाख र पिपल्स् हाइड्रोपावरको ३ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स