फरवार्ड माइक्रोफाइनान्सको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ। सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड ४४ लाख ४५ हजार रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स