एम्बाप्पेले दुई गोल गर्दा फ्रान्स खेलमा फर्कियो

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलको मध्यान्तरपछि फ्रान्सले ९७ सेकेन्ड भित्र २ गोल गरेको छ । योसँगै फ्रान्स विश्वकपमा फर्किएको छ। २ गोलले पछि परेको फ्रान्सले खेलको ८० औं मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएको छ ।

पेनाल्टीमा एम्बाप्पेले गोल गरेका थिए। पहिलो गोल गरेको ९७ सेकेन्डमै दोस्रो गोल गर्दै फ्रान्सले खेललाई २–२ को बराबरीमा आएको छ ।

त्यसपअघि पहिलो हाफमै मेसी र डि मारियाको गोलमा अर्जेन्टिनाले दोहोरो अग्रता बनाएको थियो । खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।

यस्तै खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै फ्रान्सलाई २–० को अग्रता दिलाएका थिए। उनले म्याक एलिस्टरको पासमा गोल गरेका थिए।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स