२७ अंकले घट्यो नेप्से, दुई कम्पनीमा लाग्यो सर्किट, यस्ता छन् सर्वाधिक सेयर खरिदबिक्री हुने कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

आइतबार, नेप्से परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ७८ हजारको कित्ता सेयर १ अर्ब १५ करोड ७१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८० वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

आज इस्टर्न हाइड्रोपावरमा ९.९९ प्रतिशत र ग्लोबल आइएमई ब्यालेन्स फण्डमा ९.३५ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

त्यसैगरि, कृषि विकास बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड २५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी पावरको ५ करोड ४३ लाख, नबिल बैंकको ५ करोड ४१ लाख, नेपाल टेलिकमको ४ करोड ४९ लाख र हिमालयन डेष्टिलरीको ४ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स