पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रूपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँले घटाएको छ ।

जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रूपैयाँ , डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ रूपैयाँ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ रूपैयाँ र डिजेल र मट्टितेलको १७८ रुपैयाँ थियो ।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै निगमले पनि मूल्य समायोजन गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स