बिन्धवासीनी हाइड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । बिन्धवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.०२६३२ प्रतिशत नगद गरि कुल ५.०२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले पुस २२ गते आफ्नै कार्यालयमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स