काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर ९९ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँ कायम भएको छ ।