प्रभु बैंक र चिलिमे जलविद्युतको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु बैंक र चिलिमे जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले आर्थिक वर्ष २०७८/७९ को बोनस सेयरका लागि दुवै कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रभु बैंकको प्रतिकित्ता १८९.५८ रुपैयाँ र चिलिमेको प्रतिकित्ता ३६२.७९ रुपैयाँ कायम गरेको हो।

आज सेयरबजार बन्द हुनुभन्दा अघि कायम प्रभु बैंकको सेयरमूल्य २०१.९० रुपैयाँ रुपैयाँ र चिलिमेको ३९० रूपैयाँ कायम थियो। अब आइतबार समायोजित मूल्यअनुसार नै द्वै कम्पनीको कारोबार खुल्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि प्रभु बैंकले भोलि पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

कम्पनीले आफ्नो २१ औं वार्षिक साधारणसभा आउँदो पुस १४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.५ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

त्यस्तै, चिलिमे जलविद्युतले लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले २६ औं वार्षिक साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको छ।

कम्पनीले गत आर्थिक वर्षका लागि चुक्तापुँजी ६ अर्ब ७५ करोड १७ लाख ९५ हजार ६७५.२३ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ अर्ब १ करोड २७ लाख ६९ हजार २०१.३८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ७.६ प्रतिशतले हुन आउने ५० करोड ६३ लाख ८४ हजार ६००.६४ रुपैयाँबराबरको बोनस सेयर र ७.६ प्रतिशतले नै हुन आउने ५० करोड ६३ लाख ८४ हजार ६००.६४ रुपैयाँबराबरको नगद लाभांश छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स