कार्तिक महिनाको मूल्यवृद्धि ८.०८ प्रतिशत

काठमाडौं । २०७९ कार्तिक महिनामा उपभोक्ता मूल्यवृद्धि ८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्य ६.०४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८.६३ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्य सूचकांक १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदाथको ८.८४ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि (प्रतिशत) विवरण २०७८ कात्तिक २०७९ असोज २०७९ कात्तिक समग्र मुद्रास्फीति ६.०४ ८.५० ८.०८ खाद्य तथा पेय पदार्थ ५.४४ ८.०५ ७.३८ गैर–खाद्य तथा सेवा ६.५१ ८.८५ ८.६३ वृद्धिदर (प्रतिशतमा) वैदेशिक व्यापार (चार महिना) निर्यात आयात व्यापार घाटा उप–समूहको मूल्य सूचकांक १७.७१ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मूल्यवृद्ध रहेको छ । २०७८ कात्तिक महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.१४ प्रतिशत, ५.४२ प्रतिशत, ७.१४ प्रतिशत र ५.०० प्रतिशत मूल्यवृद्धि रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स